पहिरो खस्दा बेनी–जोमसोम सडक अवरुद्ध
म्याग्दी । बेनी–जोमसोम सडक खण्ड मंगलबार बिहानदेखि अवरुद्ध भएको छ।
अन्नपूर्ण गाउँपालिका–७ महभीरस्थित सडक माथिबाट ढुंगा र लेदोसहित पहिरो खसेपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।
त्यो पवित्र तीर्थस्थल मुक्तिनाथ तथा दामोदरकुण्ड पुग्ने मुख्य सडक मार्ग हो। रघुगंगा गाउँपालिका–१ तिप्ल्याङस्थित अस्थायी प्रहरी पोस्टबाट खटिएको प्रहरी टोली पहिरोस्थलमा पुगेर सडक खुलाउने प्रयासमा जुटेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर तिमिल्सिनाले जानकारी दिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment