सांसद युवराज दुलालको प्रश्न: ‘मेलम्ची प्रभावित क्षेत्रको गठन आदेश कहिलेसम्म रोकेर राख्ने?’

डिसी नेपाल
२९ वैशाख २०८३ १४:१५

काठमाडाैं। मेलम्ची खानेपानी आयोजनाबाट प्रभावित क्षेत्रका लागि छुट्याइएको बजेट र सडक पूर्वाधारको विषयलाई लिएर सांसद युवराज दुलालले सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै नेकपाका सांसद दुलालले मेलम्ची प्रभावित क्षेत्रको सामुदायिक उत्थान कार्यक्रमका लागि बजेट विनियोजन भए पनि सरकारी प्रक्रियाका कारण काम रोकिएकोमा आपत्ति जनाए।

उनले खानेपानी मन्त्रालयले ‘गठन आदेश’ तयार नगर्दा विनियोजित बजेट कार्यान्वयन हुन नसकेको भन्दै मन्त्रालयले कहिलेसम्म यो प्रक्रिया रोकेर राख्ने हो भनी प्रश्न गरे।

सांसद दुलालले मेलम्चीको मात्र नभई बन्देउ-सडकखण्डको जीर्ण अवस्थाका बारेमा पनि सदनको ध्यानाकर्षण गराए। झण्डै एक दशकदेखि उक्त सडकखण्ड अत्यन्तै नाजुक अवस्थामा रहेको उल्लेख गर्दै उनले सो सडकको ठेक्का प्रक्रिया र निर्माण कार्य चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्न सरकारसँग माग गरे।

जीर्ण सडकका कारण स्थानीयले लामो समयदेखि सास्ती भोग्नुपरेकाले यसमा विशेष तत्परता देखाउन उनले सम्बन्धित निकायलाई आग्रह गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *