डलरको मूल्यमा नयाँ रेकर्ड, अन्य विदेशी मुद्राको भाउ पनि बढ्यो

डिसी नेपाल
३० वैशाख २०८३ ६:१८

काठमाडौं। नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमयदर सार्वजनिक गरेको छ।

केन्द्रीय बैंकले निर्धारण गरेको नयाँ दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ७१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ३१ पैसा कायम भएको छ। यस्तै युरोपियन युरोको मूल्यमा पनि बढोत्तरी देखिएको छ, जसको खरिददर १७९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १८० रुपैयाँ ०२ पैसा तोकिएको छ। युके पाउण्ड स्ट्रलिङको बिक्रीदर २०७ रुपैयाँ ५३ पैसा रहँदा स्वीस फ्रयाङ्कको बिक्रीदर १९६ रुपैयाँ ३० पैसा पुगेको छ।

अन्य प्रमुख मुद्राहरूमा अष्ट्रेलियन डलरको बिक्रीदर ११० रुपैयाँ ७८ पैसा, क्यानेडियन डलरको १११ रुपैयाँ ८२ पैसा र सिङ्गापुर डलरको १२० रुपैयाँ ४९ पैसा कायम गरिएको छ। छिमेकी मुलुक चीनको मुद्रा युआन एकको बिक्रीदर २२ रुपैयाँ ५७ पैसा तोकिएको छ भने १० जापानी येनको बिक्रीदर नौ रुपैयाँ ७३ पैसा रहेको छ।

खाडी मुलुकका मुद्राहरूमध्ये साउदी रियालको बिक्रीदर ४० रुपैयाँ ८६ पैसा, कतारी रियालको ४२ रुपैयाँ ०६ पैसा र युएई दिरामको ४१ रुपैयाँ ७४ पैसा कायम भएको छ। मलेसियन रिङ्गेटको बिक्रीदर ३८ रुपैयाँ ९७ पैसा र १०० साउथ कोरियन वनको १० रुपैयाँ २९ पैसा निर्धारण गरिएको छ।

यसैगरी कुवेती दिनारको बिक्रीदर सबैभन्दा उच्च ५०० रुपैयाँ ६० पैसा रहँदा बहराइन दिनार ४०६ रुपैयाँ ४२ पैसा र ओमनी रियाल ३९८ रुपैयाँ २० पैसामा कारोबार हुनेछ।

हङ्कङ डलरको बिक्रीदर १९ रुपैयाँ ५८ पैसा, स्वीडिस क्रोनरको १६ रुपैयाँ ५३ पैसा र डेनिस क्रोनरको २४ रुपैयाँ ०९ पैसा तोकिएको छ। भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा यथावत रहेको छ। राष्ट्र बैंकले यो दर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन हुन सक्ने र वाणिज्य बैंकहरूले तोक्ने दर यसभन्दा केही फरक पर्न सक्ने समेत स्पष्ट पारेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *