पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव: पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
काठमाडौं। हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको संयुक्त प्रभावका कारण देशभरको मौसममा फेरबदल आएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी तथा हिमाली भू-भागमा अहिले साधारणतया बदली रहेको छ भने बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। अन्य बाँकी भू-भागमा भने आंशिक बदलीको अवस्था रहेको छ।
बुधबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै मधेश प्रदेश लगायत अन्य पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।
तराईका एक-दुई स्थानमा पनि हल्का वर्षा हुन सक्ने देखिएको छ। विशेषगरी सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका जिल्लाहरूमा हावाहुरी, असिना र मेघगर्जनसहितको वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।
रातिको समयमा पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा वर्षा र उच्च हिमाली भेगमा हिमपातको क्रम जारी रहने पूर्वानुमान गरिएको छ।







डिसी नेपाल







Facebook Comment