राष्ट्रिय सभाबाट नीति तथा कार्यक्रम पारित

अर्थमन्त्रीले पेस गरे बजेटको सिद्धान्त र प्राथमिकता

डिसी नेपाल
३१ वैशाख २०८३ १९:०९

काठमाडौं । राष्ट्रिय सभाले आर्थिक वर्ष २०८३/८४ का लागि सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ। बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सदस्यहरूले उठाएका प्रश्नहरूको जवाफ दिएपछि नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो।

राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्री डा. वाग्लेले नीति तथा कार्यक्रममाथि केन्द्रित रहेर उठेका जिज्ञासामाथि प्रस्ट पारेका थिए। उनले सरकारको कार्यदिशा सुशासन र आर्थिक समृद्धितर्फ लक्षित रहेको दाबी गरे।

नीति तथा कार्यक्रममाथि सदस्यहरूले राखेका संशोधन प्रस्तावहरूलाई बैठकले निर्णयार्थ प्रस्तुत गर्दा ती प्रस्ताव बहुमतले अस्वीकृत भएका थिए। तर, बैठकमा नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरिएकोमा बहुमतले पारित गरिएको छ।

नीति तथा कार्यक्रम पारित भएसँगै अर्थमन्त्री डा. वाग्लेले आगामी आर्थिक वर्षका लागि ‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता’ पेस गरेका थिए।

बजेट आउनुपूर्व सदनमा यसका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने संवैधानिक परम्परा अनुसार उक्त प्रस्ताव पेस गरिएको हो। अब राष्ट्रिय सभाका सदस्यहरूले सरकारले लिने आगामी आर्थिक नीतिका प्राथमिकतामाथि आफ्नो धारणा राख्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *