श्रम संस्कृतिका सांसदद्वारा संसदमा पर्चा प्रदर्शन

संसदीय मर्यादामा बसेर विरोध गर्न सभामुखको निर्देशन

डिसी नेपाल
४ जेठ २०८३ ११:३३

काठमाडौं।  सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा विपक्षी दल श्रम संस्कृति पार्टीले संसद्‌भित्रै पर्चा देखाएर चर्को विरोध जनाएको छ। बैठकको कारबाही सुरु भएलगत्तै उक्त पार्टीका सांसदहरू वेलमा पुगेर सभामुख डोलप्रसाद (डीपी) अर्यालतर्फ फर्किएर पर्चासहित प्रदर्शनमा उत्रिएका हुन्।

श्रम संस्कृति पार्टीले ‘प्रधानमन्त्री संसद्प्रति जवाफदेही बन्नैपर्छ’, ‘प्रश्नदेखि भाग्न पाइँदैन’ र ‘जनमतलाई सम्मान गर’ जस्ता नारा अंकित पर्चा देखाएर सरकारको विरोध गरेको हो।

सभामुखको आसन अगाडि नै पुगेर विपक्षी सांसदहरूले पर्चा देखाउँदै विरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले संसद्‌भित्र विरोध गर्दा नियमानुसार र मर्यादित तरिकाले गर्न आग्रह गरे। उनले सांसदहरूलाई सचेत गराउँदै भने, ‘सदनमा विरोध गर्दा मर्यादापूर्वक तरिकाले गर्नुपर्छ। तपाईंहरूले सभामुखको अगाडि नै प्रदर्शन गर्नुभयो।’

सभामुख अर्यालले सबै सांसदहरूलाई संसदीय मर्यादा र गरिमाभित्र बसेर मात्र आफ्ना विरोधका कार्यक्रमहरू अगाडि बढाउन निर्देशन दिएका छन्। सभामुखको निर्देशन र आग्रहपछि वेलबाट पछि हटेका श्रम संस्कृतिका सांसदहरू यतिबेला आफ्नो शरीरमा विरोधका पोस्टरहरू टाँसेर आ-आफ्नो सिटमा बसेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *