राप्रपाका ठाकुरले लिए मधेस प्रदेशसभा सदस्य पदको सपथ
महेन्द्रनगर (धनुषा)। निर्वाचन आयोगको गत वैशाख ३० गतेको निर्णयअनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको समावेशी समूहअन्तर्गत मधेसी समूहको रिक्त प्रदेशसभा सदस्य पदमा महोत्तरीको गौशाला नगरपालिका-१२ की सरिताकुमारी ठाकुर निर्वाचित भएका छन्।
प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ (१) बमोजिम मधेस प्रदेशसभा सदस्यमा निर्वाचित ठाकुरलाई आज मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवले पद तथा गोपनीयताको सपथ गराए।
जनकपुरधामस्थित प्रदेशसभा सचिवालयमा आयोजित कार्यक्रममा नवनिर्वाचित प्रदेशसभा सदस्य ठाकुरले संविधान र कानुनप्रति प्रतिबद्ध रहँदै जनताको सेवा तथा प्रदेशको समृद्धिका लागि इमान्दारितापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरे। नवनिर्वाचित प्रदेशसभा सदस्य ठाकुरले मधेस प्रदेशको विकास, सुशासन तथा जनताको हकहित संरक्षणका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment