मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीरगञ्जबाट पुनः पक्राउ
काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँ फेरि पक्राउ परेका छन्। प्रहरीले उनलाई सोमबार पर्साको वीरगञ्जबाट पक्राउ गरेको हो।
‘राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’का संयोजकसमेत रहेका प्रसाईं आफ्नो अभियानको सिलसिलामा पर्सा पुगेका थिए। वीरगञ्जमा भोलिका लागि तय गरिएको अभियानको कार्यक्रमको पूर्वसन्ध्यामा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नुको स्पष्ट कारणबारे प्रहरीले आधिकारिक जानकारी दिइनसके पनि उनलाई काठमाडौं ल्याउने तयारी भइरहेको बुझिएको छ। यसअघि पनि विभिन्न विवादित अभिव्यक्ति र गतिविधिहरूका कारण प्रसाईं पक्राउ पर्दै र छुट्दै आएका थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment