नम्रता मल्लको बिकिनी लुकले सामाजिक सञ्जालमा ततायो माहोल, फ्यानले भने– ‘पानीमा आगो’

डिसी नेपाल
१३ जेठ २०८३ १३:०७

काठमाडौँ । भोजपुरी सिनेमाकी चर्चित तथा लोकप्रिय अभिनेत्री नम्रता मल्ल आफ्नो बोल्ड र ग्ल्यामरस अन्दाजका कारण सधैँ चर्चाको केन्द्रमा रहँदै आएकी छन्। उनको यही विन्दास लुक्स र शैलीका कारण कतिपयले उनलाई ‘भोजपुरी सिनेमाकी सन्नी लियोनी’ को उपनामसमेत दिने गरेका छन्।

भोजपुरी फिल्म उद्योगका सुपरस्टारहरू खेसारी लाल यादव र पवन सिंहजस्ता चर्चित अभिनेताहरूसँग स्क्रिन सेयर गरिसकेकी नम्रता अक्सर आफ्ना बोल्ड फोटोसुटका कारण सञ्चारमाध्यम र सामाजिक सञ्जालमा छाइरहन्छिन्।

पछिल्लो समय सामाजिक सञ्जालमा उनको नयाँ बिकिनी तस्बिरहरू निकै भाइरल भइरहेका छन्। सार्वजनिक तस्बिरहरूमा उनी सुन्तला रङको बिकिनीमा निकै आकर्षक र ग्ल्यामरस देखिएकी छन्। बिकिनी अवतारमा नम्रता समुन्द्रको छालसँग रमाइरहेको दृश्यले उनका फ्यानहरूलाई आकर्षित गरेको छ। उनले ती तस्बिरहरू सेयर गर्दै क्याप्सनमा लेखेकी छन्— “समुन्द्र, हावा र म।”

भिजेको कपाल र बोल्ड बिकिनी लुक्समा सजिएकी नम्रताको यो तस्बिरले प्रशंसकहरूबीच निकै चर्चा पाएको छ। उनको तस्बिरमा कमेन्ट गर्दै एक फ्यानले ‘फायर’ (आगो) भनी लेखेका छन् भने अर्काले ‘किलर लुक्स’ को संज्ञा दिएका छन्।

त्यसैगरी, अन्य प्रशंसकहरूले “मस्त लुक म्याम”, “तपाईंले त पानीमा आगो लगाइदिनुभयो” जस्ता प्रतिक्रिया दिएका छन्। धेरैजसो प्रयोगकर्ताहरूले उनलाई ‘स्टनिङ’ र ‘क्वीन’ भन्दै तारिफको वर्षा गरेका छन्। नम्रता मल्लको खास विशेषता नै यही हो कि उनी आफ्नो स्टाइल र लुक्सका कारण फ्यानहरूलाई कहिल्यै निराश बनाउँदिनन् र यो नयाँ फोटोसुटले त्यसलाई पुनः पुष्टि गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *