राष्ट्रियसभाबाट दुई विधेयक स्वीकृत

डिसी नेपाल
१३ जेठ २०८३ १७:०५
काठमाडौं । ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ ।
त्यसैगरी ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत भएको छ।
ती दुई विधेयक प्रधानमन्त्री एवं गृहमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सभामा प्रस्तुत गरेकी थिइन्।
सो विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसद सुरेशकुमार आले मगर, पदमबहादुर परियार र खम्बबहादुर खातीले भाग लिएका थिए।
छलफलमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री गौतमले अपाङ्गता भएका व्यक्ति र पिछडिएका क्षेत्रको विषयमा सरकार गम्भीर रहेको उल्लेख गरिन्। राष्ट्रियसभाको अर्को बैठक जेठ १५ गते अपराह्न ५ः४५ बस्नेछ।

No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *