अभिनेत्री खुसी मुखर्जीको राहुल गान्धीसँग विवाह गर्ने इच्छा

डिसी नेपाल
१४ जेठ २०८३ १४:२५

काठमाडौं । आफ्नो बोल्ड फेसन छनोटका कारण चर्चामा रहने गरेकी अभिनेत्री खुसी मुखर्जीले हालै दिएको एक बयानका कारण सामाजिक सञ्जालमा नयाँ तरङ्ग पैदा भएको छ। उनले भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धी आफूलाई निकै मन पर्ने कुरा खुलाएकी छिन्।

राहुल गान्धीलाई विनाकारण ट्रोल गरिने गरेको उनको भनाइ छ। सञ्चारकर्मी गीतू परमारसँगको कुराकानीमा आफ्ना भावनाहरू व्यक्त गर्दै खुसीले यदि राहुल गान्धीले प्रस्ताव राखेमा आफू उनीसँग विवाह गर्न तयार रहेको समेत बताएकी छिन्। आफूमाथि हुने ट्रोलिङको प्रसंग जोड्दै उनले भनिन्, “राहुल गान्धी र हाम्रो सरकारलाई पनि निकै ट्रोल गरिन्छ। काम नभएका फुर्सदिला मानिसहरूले मात्र यस्तो काम गर्छन्।”

कुराकानीका क्रममा राहुल गान्धी मन पर्नुको कारण खुलाउँदै खुसीले विगत १० वर्षदेखि उनलाई क्यामेरा अघि र पछि पनि निकै नराम्रो तरिकाले ट्रोल गरिएको आफूले देखेको बताइन्। कुनै पनि व्यक्तिको मानसिक स्वास्थ्यलाई यसरी ठेस पुर्‍याउनु राम्रो कुरा नभएको भन्दै उनले विगत केही महिनामा आफूले पनि त्यस्तै पीडा महसुस गरेको उल्लेख गरिन्।

राहुल गान्धी एक्लै र उनको विपक्षमा धेरै मानिसहरू लागेर सधैँ उनको नाममा ‘मिम’ बनाइने गरेको प्रति उनले दुःख व्यक्त गरिन्। खुसीले आफूलाई राहुल गान्धीसँग निकै निकट महसुस गर्ने बताउँदै उनी शिक्षित र आकर्षक रहेको र उनले पनि एक निष्पक्ष र बराबर अवसर पाउनुपर्ने धारणा राखिन्।

राहुल गान्धीको खुलेर प्रशंसा गरेपछि जब अन्तर्वार्ताकारले उनलाई “के तपाईं राहुल गान्धीमा आफ्नो भावी पतिको रूप देख्नुहुन्छ?” भनी प्रश्न गरिन्, तब खुसी लजाएकी थिइन्। ज्योतिष समेत रहेकी ती अन्तर्वार्ताकारले दुवैको कुण्डली मिलाउने कुरा गर्दा खुसीले मुस्कुराउँदै भनिन्, “यदि राहुल गान्धीले आफैँ आएर, घुँडा टेकेर र हातमा गुलाब लिएर मलाई प्रस्ताव राख्छन् भने किन नाइँ र? उनले प्रस्ताव राखे भने म पक्कै पनि विचार गर्नेछु।”

विवादहरूमा छाइरहने अभिनेत्री खुसी मुखर्जीले हालै भारतीय क्रिकेट टोलीका स्टार खेलाडी सूर्य कुमार यादवका विषयमा पनि नयाँ खुलासा गरेकी छिन्। सूर्य कुमारले आफूलाई सन्देश (मेसेज) पठाउने गरेको दाबी गर्दै उनले भनिन्, “हाम्रो बीचमा मित्रता थियो र धेरै कुराकानी पनि हुन्थ्यो। तर अहिले उनी कप्तान बनेपछि परिस्थिति फेरिएको छ।” यसअघि खुसीले आफ्नै एउटा ‘एडल्ट एप’ समेत सञ्चालन गरेकी थिइन्, जसका माध्यमबाट उनले करोडौँ रुपैयाँ आम्दानी गरेको बताइन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *