आर्थिक वर्ष २०८३/८४ को बजेट पारित गर्न अर्थमन्त्री डा. वाग्ले मन्त्रिपरिषद् कार्यालय प्रस्थान

डिसी नेपाल
१५ जेठ २०८३ १५:३४

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट मन्त्रिपरिषद् बैठकबाट पारित गराउन अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सिंहदरबारस्थित मन्त्रिपरिषद् कार्यालय प्रस्थान गरेका छन्। अर्थ मन्त्रालयमा बजेटको अन्तिम तयारी पूरा गरेपछि उनी मन्त्रिपरिषद् बैठकमा भाग लिन मन्त्रालयबाट बाहिरिएका हुन्।

संवैधानिक व्यवस्था अनुसार सरकारले जेठ १५ गते संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नुअघि मन्त्रिपरिषद् बैठकबाट त्यसलाई स्वीकृत गराउनुपर्ने हुन्छ।

अर्थमन्त्री डा. वाग्लेले ब्रिफकेससहित मन्त्रिपरिषद् कार्यालयतर्फ प्रस्थान गर्नुअघि मन्त्रालयका अधिकारीहरूलाई बजेट निर्माणमा पुर्‍याएको योगदानका लागि धन्यवाद दिएका थिए।

मन्त्रिपरिषद् बैठकले बजेट पारित गरेलगत्तै अर्थमन्त्री डा. वाग्ले संसद् भवन नयाँ बानेश्वर पुग्नेछन्। आज अपराह्न बस्ने सङ्घीय संसद्को संयुक्त बैठकमा उनले आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *