अमेरिकी उपविदेशमन्त्री काठमाडौंमा

डिसी नेपाल
१७ जेठ २०८३ १०:२१

काठमाडौं। अमेरिकी सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी.रोजर्स काठमाडौं आइपुगेकी छन्। उनी तीन दिने भ्रमणको क्रममा भारतको राजधानी नयाँ दिल्लीबाट शनिवार साझ काठमाडौं आएकी हुन्।

रोजर्सले नेपालस्थित अमेरिकी राजदूतावासले आज आयोजना गर्न लागेको ‘एसेन्ट समिट २०२६’ मा प्रमुख अतिथिकोप रूपमा सहभागी हुने बताइएको छ। रोजर्सले परराष्ट्रमन्त्री शिशिर खनाललगायतसँग भेट्ने कार्यक्रम रहेको छ। बालेन सरकार गठनपछिको अमेरिकाबाट भएको यो तेस्रो उच्चस्तरीय भ्रमण हो।

यसअघि वैशाख ८ गते दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री समीर पाउल कपुर र वैशाख १७ गते दक्षिण तथा मध्य एसियाली मामिलाका विशेष दूत एवम् भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरले नेपाल भ्रमण गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *