संसदमा जनताको आवाज प्रभावकारी रूपमा सुन्न र त्यसको परिणाम देखिनुपर्छ : सांसद राई
काठमाडौं। श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै संसदमा जनताको आवाज प्रभावकारी रूपमा सुन्न र त्यसको परिणाम देखिनुपर्ने आवश्यकता औंल्याएका छन्।
सांसद राईले आन्दोलनपछि मात्रै प्रधानमन्त्रीको रोस्ट्रमबाट आफ्ना कुरा सुन्न पाएको भन्दै जनताका मुद्दामा व्यवहारिक नतिजा आउनुपर्नेमा जोड दिए।
उनले भने, ‘हामीले आन्दोलन गर्दागर्दै बल्लतल्ल प्रधानमन्त्रीको रोस्ट्रममा आवाज सुन्न पाइयो। यहाँ आएर आवाज सुनाउने र बोल्ने मात्र होइन, परिणाम पाउनुपर्यो भन्ने मुख्य लक्ष्य हो।’
राईले आफूले संसदमा हावाहुरीबाट भएको क्षतिको विषय उठाए पनि त्यसमा कुनै ठोस प्रगति नभएको उल्लेख गर्दै त्यसप्रति असन्तुष्टि जनाए।
‘मैले संसदमा हावाहुरी क्षति पुर्याएको विषय उठाएको थिएँ, तर त्यसको केही भएन। केही त हुनुपर्यो,’ उनले भने।
उनले संसदलाई नियमावलीअनुसार व्यवस्थित रूपमा सञ्चालन गर्नुपर्ने र दुई तिहाइ नजिकको सरकारको दम्भ नदेखिनुपर्ने धारणा पनि राखे। साथै, जनताका धेरै विषयहरू संसदमा उठाउनुपर्ने आवश्यकता रहेको उनले बताए।







डिसी नेपाल







Facebook Comment