प्रधानमन्त्री शाहलाई बाबुरामले भने- ‘अप्रिय सत्य’ नबोल्नुस्
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहलाई पदमा बहाल रहँदा संवेदनशीलता अपनाउन र ‘अप्रिय सत्य’ नलगाउन सुझाव दिएका छन्।
आइतबार प्रतिनिधि सभाको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री शाहले दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै डा. भट्टराईले सामाजिक सञ्जालमार्फत यस्तो सुझाव दिएका हुन्। प्रधानमन्त्रीको पदमा रहँदा ध्यान दिनुपर्ने कुराहरू स्मरण गराउँदै उनले नीतिशास्त्रको एक पद्यांशसमेत उद्धृत गरेका छन्।
‘पदमा बहाल रहेञ्जेल हाम्रो नीतिशास्त्रको यो पद्यांश निरन्तर स्मरण गर्दा राम्रो होला– ‘सत्य बोल, प्रिय बोल, अप्रिय सत्य नबोल’,’ डा. भट्टराईले लेखेका छन्।
यद्यपि, प्रधानमन्त्री शाह आफैँ प्रतिनिधि सभामा उपस्थित भएर जनप्रनिधिहरूले उठाएका प्रश्नको जवाफ दिनुलाई भने पूर्वप्रधानमन्त्री भट्टराईले सकारात्मक र राम्रो अभ्यास भन्दै प्रशंसा गरेका छन्।
आइतबार संसद्मा प्रधानमन्त्री शाहले सीमा विवादका विषयमा दिएको एक अभिव्यक्तिको सर्वत्र आलोचना भइरहेका बेला पूर्वप्रधानमन्त्री भट्टराईको यस्तो टिप्पणी आएको हो।







डिसी नेपाल







Facebook Comment