एमालेले माग्यो प्रधानमन्त्री बालेनको राजीनामा
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग गर्दै प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ। प्रतिनिधिसभा नियमावली पारित भएलगत्तै बसेको दोस्रो बैठकमा एमाले सांसदहरूले प्रधानमन्त्री शाह र सभामुख डीपी अर्यालविरुद्ध चर्को नाराबाजी गरेका हुन्।
विपक्षी सांसदहरूले प्रधानमन्त्रीलाई ‘राष्ट्रद्रोही’ को संज्ञा दिँदै तत्काल पदत्याग गर्न माग गरेका छन्। आइतबार संसद्मा भएको सीमा सम्बन्धी प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री शाहले “नेपालले पनि भारतको सीमा मिचेको” अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्तिको कडा विरोध गर्दै एमालेले प्रधानमन्त्रीले राष्ट्रहित विपरित बोलेको आरोप लगाएको हो।
प्रधानमन्त्रीको राजीनामाका साथै एमालेले सभामुख डीपी अर्यालमाथि समेत दलीय पक्षधरता लिएको आरोप लगाएको छ। प्रतिपक्षको विरोध र अवरोध कायम रहँदा-रहँदै प्रतिनिधिसभा नियमावली पारित गराएको भन्दै एमालेले सभामुखको भूमिका निष्पक्ष हुन नसकेको दाबी गरेको छ।
संसद्मा विपक्षी सांसदहरूको नाराबाजी र बेल घेराउका कारण बैठकको नियमित कार्यसूची प्रभावित भएको छ।







डिसी नेपाल







Facebook Comment