जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

डिसी नेपाल
१८ जेठ २०८३ ११:०२

धनगढी। कैलालीको गौरीगंगा नगरपालिका-४ राजिपुरमा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरिएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाका अनुसार विशेष सूचनाको आधारमा आइतबार साँझ साढे ६ बजेतिर राजिपुरको बझाङ्गी टोलका जगत धामीको दुईतले पक्की घरमा छापा हानेपछि उनीहरूलाई पक्राउ गरिएको हो।

सो क्रममा प्रहरीले घरको माथिल्लो तलाको बैठक कोठामा जुवातास खेलिरहेको अवस्थामा एक लाख ७९ हजार २० रुपैयाँ नगद, चार गड्डी तास र आठ थान मोबाइल बरामद गर्दै उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा घरधनी ४८ वर्षीय जगत धामी, स्थानीय २९ वर्षीय कृष्ण गुरुधामी, ३७ वर्षीय खेमराज पोखरेल, ३५ वर्षीय शंकर धामी, ३० वर्षीय गोपाल साउँद, छन्।

यस्तै गौरीगंगा–१ का ३४ वर्षीय प्रकाश भुल, चुरे गाउँपालिका-१ का ४४ वर्षीय जयबहादुर बोहरा, धनगढी उपमहानगरपालिका–३ का ६६ वर्षीय तेजबहादुर बोगटी र बैतडीको पुर्चौंडी नगरपालिका-८ का ५० वर्षीय कालु सिंह धामी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *