प्रहरी वरिष्ठ उपरीक्षकहरूको सरुवा, को कहाँ?
काठमाडौं। नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको सरुवा भएको छ।
प्रहरीको मानव स्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाका अनुसार ३३ जना एसएसपीहरूको सरुवा भएको हो।
जिल्ला प्रहरी परिसर, ललितपुरमा तुलबहादुर कार्कीको सरुवा भएको छ। उनी यसअघि गण्डकी प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा पोखरामा कार्यरत थिए।
त्यस्तै जिल्ला प्रहरी परिसर काठमाडौंमा दिलिप घिमिरेको सरुवा भएको छ। उनी यसअघि प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभाग वृत्ति विकास महाशाखामा कार्यरत थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment