युरोपेली ब्रान्ड ‘Pure Derma’ नेपाली बजारमा, १५ उत्कृष्ट उत्पादन एकसाथ सार्वजनिक
युरोपेली स्किनकेयर तथा पर्सनल केयर ब्रान्ड Pure Derma ले नेपाली बजारमा औपचारिक रूपमा प्रवेश गरेको छ। ललितपुरस्थित होटल रोयल टुलिपमा आयोजित एक विशेष पत्रकार सम्मेलनमार्फत कम्पनीले नेपाली उपभोक्ताका लागि आफ्ना १५ वटा प्रिमियम उत्पादनहरू एकसाथ बजारमा सार्वजनिक (लन्च) गरेको हो।
नेपाली उपभोक्ताहरू माझ गुणस्तरीय, सुरक्षित र वैज्ञानिक रूपमा प्रमाणित स्किनकेयर उत्पादनहरूको माग बढिरहेका बेला Pure Derma ले नेपालमा आफ्नो बलियो उपस्थिति जनाएको छ।
कार्यक्रममा Pure Derma नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश पाठकले नेपाललाई एक उच्च सम्भावनायुक्त बजारका रूपमा लिएर ब्रान्ड भित्र्याइएको जानकारी दिए। “नेपाली उपभोक्ताहरू पछिल्लो समय आफ्नो छालाको स्वास्थ्य र सौन्दर्यप्रति निकै सचेत हुनुहुन्छ। उहाँहरूको यही बढ्दो माग र विश्वासलाई ध्यानमा राख्दै हामीले वैज्ञानिक रूपमा परीक्षण गरिएका र सुरक्षित अन्तर्राष्ट्रिय मापदण्डका उत्पादनहरू नेपाल ल्याएका हौँ,” सीईओ पाठकले भने।
उनले बजारमा उपलब्ध अन्य ब्रान्डहरूको तुलनामा Pure Derma का उत्पादनहरू उच्च गुणस्तर, उच्च प्रभावकारिता र वैज्ञानिक अनुसन्धानमा आधारित भएकाले नेपाली उपभोक्ताको रोजाइमा पर्ने दाबी गरे।
कम्पनीले विभिन्न उमेर समूह र छालाको फरक-फरक आवश्यकतालाई सम्बोधन गर्ने गरी आफ्ना उत्पादनहरू डिजाइन गरेको जनाएको छ। सार्वजनिक गरिएका १५ उत्पादनहरूमध्ये मुख्य आकर्षणका रूपमा रहेका केही उत्पादनहरू यस प्रकार छन्:
-
Clariderma Acne Face Wash: डन्डीफोर र तैलीय छालाको समस्या भएकाहरूका लागि विशेष उपयोगी।
-
Derma Botox Cream: उमेर बढ्दै जाँदा छालामा देखिने रेखा र चाउरीपन कम गर्न मद्दत गर्ने एन्टि-एजिङ क्रिम।
-
Nutique Collagen Night Wrapping Mask: राती सुत्ने समयमा छालालाई भित्रैदेखि पोषण र गहिरो हाइड्रेसन दिने मास्क।
-
HAFO Hand & Foot Cream: हात र खुट्टाको फुस्रोपन हटाई छालालाई नरम बनाउने।
-
NUS Kids Cream SPF 25+: बालबालिकाको संवेदनशील छालालाई सूर्यको हानिकारक किरणबाट जोगाउने सनस्क्रिन क्रिम।
-
Pure Baby Cream: नवजात शिशु र साना बालबालिकाको नरम छालाका लागि विशेष रूपमा तयार पारिएको सुरक्षित क्रिम।
Pure Derma का उत्पादनहरू हाल नेपालका विभिन्न आधिकारिक बिक्री केन्द्र तथा वितरण सञ्जालमार्फत उपलब्ध हुन थालिसकेका छन्। सीईओ पाठकका अनुसार, कम्पनीले निकट भविष्यमै आफ्ना उत्पादनहरू सजिलै उपलब्ध गराउन देशव्यापी रूपमा वितरण प्रणालीलाई तीव्र गतिमा विस्तार गर्ने योजना बनाएको छ।
उक्त लन्चिङ कार्यक्रममा कम्पनीका प्रतिनिधिहरूले प्रत्येक उत्पादनको विशेषता, तिनको सही प्रयोग विधि र उपभोक्ताले पाउने प्रत्यक्ष फाइदाबारे विस्तृत प्रस्तुतीकरण (Presentation) दिएका थिए। कार्यक्रममा सञ्चारकर्मी, सौन्दर्यविद्, छाला रोग विशेषज्ञ तथा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित प्रतिष्ठित व्यक्तित्वहरूको ठूलो संख्यामा उपस्थिति रहेको थियो।
१५ वटा उत्पादनको भब्य सुरुवातसँगै Pure Derma ले नेपाली उपभोक्तालाई अन्तर्राष्ट्रिय स्तरको सुरक्षित स्किनकेयर र पर्सनल केयर समाधान उपलब्ध गराउने बलियो प्रतिबद्धता व्यक्त गरेको छ।








डिसी नेपाल







Facebook Comment