नेपाल बैंकका ग्राहक र कर्मचारीलाई मेधर्म क्लिनिक्समा १५ प्रतिशत छुट दिने सम्झौता
काठमाडौं। नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू र बैंकका कर्मचारीहरूलाई काठमाडौंको दरबारमार्गमा रहेको मेधर्म क्लिनिक्स प्रा.लि.मा उपचार गराउँदा विशेष छुट दिने सम्झौता भएको छ।
२०८३ साल जेठ १३ गते भएको उक्त सम्झौताअनुसार बैंकका ग्राहक तथा कर्मचारीहरूले मेधर्म क्लिनिक्सद्वारा तोकिएका विभिन्न उपचार सेवाहरूको कुल बिल रकममा १५ प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ।
यससम्बन्धी सम्झौता पत्रमा नेपाल बैंक लिमिटेडका तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख निर्मल सुवेदी र मेधर्म क्लिनिक्स प्रा.लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. अनूप सुवेदीले हस्ताक्षर गर्नुभएको छ।
यस सहकार्यबाट नेपाल बैंकका ग्राहक तथा कार्यरत कर्मचारीहरू मेधर्म क्लिनिक्सले प्रदान गर्ने सुलभ र सहुलियतपूर्ण स्वास्थ्य सेवाबाट प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ।
नेपालको पहिलो बैंकका रूपमा स्थापित नेपाल बैंक लिमिटेडले हाल देशैभर रहेका २३१ शाखाहरू, २६४ एटीएम सेवाहरू तथा ६१ एक्स्टेन्सन काउन्टरहरू मार्फत करिब २७ लाख ग्राहकहरूलाई वित्तीय सेवा पुर्याउँदै आएको छ।
बैंकले ग्राहक सेवामा व्यापक सुधार गर्दै आधुनिक बैंकिङ प्रविधि र युवा जनशक्ति मार्फत छिटोछरितो तथा गुणस्तरीय बैंकिङ सेवा प्रवाह गरिरहेको बैंककी प्रमुख सूचना अधिकारी प्रतिभा डंगोलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
दक्ष व्यवस्थापन, युवा कर्मचारी र आधुनिक प्रविधिको समुचित प्रयोगका कारण आम नेपाली नागरिकमा नेपाल बैंकप्रतिको आकर्षण दिनानुदिन बढ्दै गएको बैंकले जनाएको छ।







डिसी नेपाल







Facebook Comment