न्याय प्रणालीको सुधार गर्न बार र बेन्च सहकार्य जरुरी छ : प्रधानन्यायाधीश

डिसी नेपाल
२० जेठ २०८३ १७:३६

काठमाडौं । प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले न्याय प्रणालीको सुदृढीकरणका लागि बार र बेन्चको सहकार्य जरुरी भएको बताएका छन्।

सर्वोच्च अदालत बार एसोसिएसनले आज उनको स्वागत तथा पूर्वप्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको बिदाइ कार्यक्रममा उनले न्याय क्षेत्रको सुधारका लागि बार र बेन्चबीच सहकार्य हुँदा न्याय सम्पादन सहज हुने बताए।

“विधिको शासन, संविधान, मानव अधिकार संरक्षणमा सर्वोच्च बारको महत्वपूर्ण भूमिका हुन्छ”, प्रधानन्यायाधीश शर्माले भने, “बेन्च र बार एकापसमा मिलेर काम गर्नुपर्छ।”

पूर्वप्रधानन्यायाधीश राउतले बार र बेन्चबीच सुमधुर सम्बन्ध विगतदेखि नै रहिआएको र सर्वोच्चमा मुद्दा सङ्ख्या बढ्दै गएकाले त्यसलाई घटाउनेतर्फ ध्यान दिन सुझाव दिए।

नेपाल बार एसोसिएसनका अध्यक्ष विजयप्र्रसाद मिश्रले न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदन तत्काल कार्यान्वयन हुनुपर्नेमा जोड दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *