लागूऔषध खैरो हेरोइन सहित तीन जना पक्राउ
xr:d:DAFQ4UFI_nI:702,j:44705443211,t:23040605
काठमाडौं। देशका विभिन्न स्थानबाट प्रहरीले लागूऔषध खैरो हेरोइन सहित तीन जनालाई पक्राउ गरेको छ।
ललितपुरको ललितपुर महानगरपालिका-१५ बाट अवैध लागूऔषध खैरो हेरोइन १ सय ५० ग्राम र डिजिटल तराजु २ थान सहित बारा सिम्रौनगढ नगरपालिका-७ घर भएका २५ वर्षीय सेख असरफ अलीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
कैलालीकफ गोदावरी नगरपालिका-२ अत्तरीया डेरा गरी बस्ने कञ्चनपुर भीमदत्त नगरपालिका-६ महेन्द्रनगर घर भएकी ३६ वर्षीया ममता भट्टलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ६० मिलिग्राम सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो।
मोरङको सुनवर्षी नगरपालिका-१ गिरदलिया जोगिधापबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १५ ग्राम ३ सय ७० मिलिग्राम सहित सोही नगरपालिका-२ अमरदह बस्ने ३६ वर्षीय रूष्तम मियाँलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ। अस्थायी प्रहरी पोष्ट केचनाबाट खटिएको प्रहरीले बीआर ३७ एएच २८३१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।







डिसी नेपाल







Facebook Comment