स्कुलबसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

डिसी नेपाल
२० जेठ २०८३ १९:२१

सुरुङ्गा (झापा) । मेचीनगर नगरपालिका–७ स्थित सतिघट्टा चिया बगान क्षेत्रमा स्कुल बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

आज अपराह्न भएको दुर्घटनामा मेचीनगर–७ निवासी २१ वर्षीय अजय राजवंशी र मोटरसाइकलमा सवार भारतको गलगलिया निवासी ३२ वर्षीय अजय माझीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक राजवंशी र त्यसमा सवार माझीलाई उपचारका लागि मेची प्रादेशिक अस्पताल पुर्‍याइएकामा चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *