गायिका तेजवती जोशीको नेपालकी छोरीमा गीता ढुंगानाको अभिनय

डिसी नेपाल
२० जेठ २०८३ २१:४८

काठमाडौं। करिब दुई दशकदेखि शास्त्रीय संगीतमा साधनारत गायिका तेजवती जोशीको स्वर रहेको नेपालकी छोरी बोलको गीतको भिडियो सार्वजनिक भएको छ।

कुमार मिश्रको शब्द, टेकेन्द्र नेपालीकोको संगीत रहेको गीतमा सुन्दरी मोडल गीता ढुंगानाको अभिनय देख्न सकिन्छ। दुई चुल्ठी बाटेकी गीता भिडियोमा गज्जबसँग खुलेकी छिन्। देशप्रेम, ठूलालाई आर्शिवाद र सानालाई माया गर्ने भावलाई समेटिएको गीतमा गीतकार भिडियोमा सकारात्मक सोच भर्ने काम गरिएको छ।

गीतका माध्यमबाट गीतकार र गायिकाले स्वाभिमान र शिर नझुक्ने नेपालकी छोरीको नेपाली पारालाई जोड दिएका छन्। योगेन्द्र राजकर्णीकारको निर्माण, रिदम कँडेलको एरेन्ज, साजन शाहको मिक्सिङ तथा मास्टरिङ रहेको गीतको निर्देशन जिबी आग्रीले गरेका हुन्। थम्मन टाडीको कोरियोग्राफी रहेको भिडियोको छायांकन उत्सब दाहालले गरेका हुन् भने सम्पादन सिलन लम्सालले गरेका हुन्।

भिडियो ओएसआर डिजिटरबाट बजारमा आएको हो। गायिका तेजवती र संगीतकार टेकेन्द्रले यसअघि चुम्बक, हजार जुनीसहित ४ वटा गीतमा सहकार्य गरेका थिए। गायिका जोशीले यसअघि उनले नेपाली र नेवारीमा पनि गीत ल्याएकी थिइन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *