चोरी भएका सवारीसाधन हस्तान्तरण

डिसी नेपाल
२० जेठ २०८३ २२:२६
काठमाडौं। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चोरी भएका ४० वटा स्कुटर र मोटरसाइकल सम्बन्धित मालिकलाई जिम्मा लगाएको छ।
सवारी हस्ताणतरण कार्यक्रममा वरिष्ठ प्रहरी उपरीक्षक नवराज अधिकारीले जथाभावी स्थानमा सवारी  पार्किङ नगर्न, आधुनिक सुरक्षा प्रणाली अपनाउन तथा ‘जीपीएस ट्र्याकिङ’ प्रणाली जडान गर्न सवारी धनीलाई आग्रह गरे।
प्रहरी उपरीक्षक नरेशराज सुवेदीले चालु आर्थिक वर्ष वैशाखसम्ममा विभिन्न स्थानबाट हराएका तथा चोरी भएका ५९२ वटा स्कुटर र मोटरसाइकल फेला पारिएको जानकारी दिए।
ट्राफिक प्रहरीले सवारी धनीलाई सुरक्षित पार्किङ प्रयोग गर्न, सवारीसाधनमा अतिरिक्त लक प्रयोग गर्न तथा जीपीएस जडान गरी सवारीको अवस्थाबारे नियमित निगरानी गर्न सुझाव दिएको छ।
कार्यक्रममा सहभागी सवारी धनीहरूले लामो समयपछि आफ्ना हराएका सवारी साधन फेला पारिदिएकोमा ट्राफिक प्रहरीप्रति आभार व्यक्त गरेका छन्।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *