ट्र्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु, नौ घाइते
भक्तपुर। चाँगुनारायण नगरपालिका–८ मञ्जुश्री गुम्बानजिक आज भक्तपुरतर्फ फर्किंदै गरेको ट्र्याक्टर पल्टिँदा दुई जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्।
ट्र्याक्टर पल्टिएर च्यापिँदा भोजपुर नगरपालिका घर भई हाल काठमाडौंको सिनामङ्गल बस्ने ३२ वर्षीय विजय राई र सिन्धुली घर भई हाल काठमाडौँको सिनामङ्गल बस्ने २६ वर्षीय हेमबहादुर नेपालीको ज्यान गएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए।
कलमसीस्थित एक होटलमा ढलानको काम सकेर १२ मजदुर बोकेर फर्कंदै गरेको ट्र्याक्टर ‘ब्रेक फेल’ भई दुर्घटना भएको थियो। घाइते मजदुरहरुको भक्तपुरको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment