मुख्यसचिव बन्ने दौडमा प्रधानमन्त्रीलाई सिधै एसएमएस गरेपछि सचिव कृष्णहरि पुष्कर नियन्त्रणमा, सोधपुछपछि रिहा

डिसी नेपाल
२२ जेठ २०८३ ६:२१

काठमाडौं। प्रहरीले नेपाल सरकारका सचिव कृष्णहरि पुष्करलाई नियन्त्रणमा लिएर सोधपुछपछि छाडेको छ।

आफूलाई मुख्यसचिव बनाउन माग गर्दै प्रधानमन्त्री बालेन्द्र शाहलाई सिधै एसएमएस (मिसिन म्यासेज) पठाएपछि ‘चेन अफ कमाण्ड’ मिचेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उनलाई बिहीबार साँझ कपनस्थित आफ्नै निवासबाट नियन्त्रणमा लिएको हो।

गृह मन्त्रालयको उच्च स्रोतका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आदेशपछि उनलाई नियन्त्रणमा लिई टेकु पुर्‍याइएको थियो।

व्यक्तिगत स्वार्थका लागि प्रशासनिक मर्यादा र विधि मिचेर सिधै प्रधानमन्त्रीलाई दबाबमूलक म्यासेज पठाएको विषयमा प्रहरीले उनीसँग सोधपुछ गरेको थियो। तर, तत्कालै मुद्दा चलाउनका लागि पर्याप्त कानुनी आधार नदेखिएपछि सोधपुछ पश्चात् उनलाई राति नै छाडिएको प्रहरी स्रोतले जनाएको छ।

विगतमा मुख्यसचिव एकनारायण अर्यालले ९ मंसिर २०८२ मा अवकाश पाएपछि सचिव पुष्कर पनि मुख्यसचिवको बलियो दाबेदारका रूपमा हेरिएका थिए।

यद्यपि, त्यतिबेला सरकारले सुमनराज अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको थियो। नयाँ मुख्यसचिव नियुक्त भए पनि पुष्कर भने अझै पनि मुख्यसचिव बन्ने कसरत र दौडधुपमा लागिरहेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *