आज राति देशका केही स्थानमा वर्षाको सम्भावना
काठमाडौं। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार राति देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना छ।
महाशाखाका अनुसार राति कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाडी भूभागको एक, दुई स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्का वर्षा, हिमपातको सम्भावना छ।
अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी गरी चार प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
भोलि मङ्गलबार कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया तथा सुदूरपश्चिम प्रदेशको तराईमा आंशिक बादल लाग्नेछ।
पर्सी बुधबार कोशी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया र तराई भूभागमा आंशिक बादल लाग्नेछ।
भोलि र पर्सी बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तातो दिन हुने तथा गर्मी बढ्ने महाशाखाले पूर्वानुमान गरेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment