लुम्बिनी प्रदेश सरकारको प्रवक्तामा स्वास्थ्यमन्त्री घिमिरे
लुम्बिनी । लुम्बिनी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरे पाएका छन्। यसअघि कृषि, भूमी व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थी सरकारको प्रवक्ता रहेका थिए।
नेकपा एमालेले मन्त्री पन्थीलाई सरकारबाट फिर्ता बोलाएपछि आजको मन्त्रिपरिषद् बैठकले नवनियुक्त स्वास्थ्यमन्त्री घिंमिरेलाई प्रवक्ताको जिम्मेवारी दिएको हो। बैठकले सामाजिक विकास मन्त्रालयबाट पेस भएको सडक आश्रित मानव व्यवस्थापन कार्यविधि, २०८३ लाई कानुन सचिवको परामर्श लिएर स्वीकृत गर्ने निर्णय गरिएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट पेस भएको अध्ययन पूर्वस्वीकृति तथा अध्ययन बिदा स्वीकृतिसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ।
बैठकले बर्दिया अस्पताल, गुलरियामा प्रदेश स्वास्थ्य सेवा, मेडिकल जनरलिस्ट समूह, एघारौं तहका डा सुवास पाण्डेलाई पदस्थापन गर्ने निर्णय गरेको छ।
एमाले प्रमुख सचेतकमा रोका मगर
नेकपा एमाले लुम्बिनी प्रदेशसभाको प्रमुख सचेतकमा रोल्पाकी यमूना रोकामगर र सचेतकमा कपिलबस्तुका नवराज लामिछाने नियुक्त भएकी छिन्। यसअघि प्रमुख सचेतकमा रुपन्देहीका तुलसीप्रसाद चौधरी र सचेतकमा यमूना रोका मगर रहेका थिए।
प्रमुख सचेतकको जिम्मेवारीमा रहेकी चौधरी सरकारको कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री नियुक्त भएपछि सचेतक रहेकी रोकामगर प्रमुख सचेतकमा नियुक्त भएकी हुन्। रिक्त रहेको सचेतक पदमा लामिछानेलाई नियुक्त गरिएको हो।







डिसी नेपाल







Facebook Comment