‘मिस्टर एण्ड मिस लिटिल कोशी’को सुनसरी अडिसन, फाइनलका लागि ५८ बालबालिका छनोट

डिसी नेपाल
२६ जेठ २०८३ १०:०४

काठमाडौं। बालबालिकाहरूको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यका साथ आयोजना भइरहेको आठौँ संस्करणको ‘मिस्टर एण्ड मिस लिटिल कोशी’अन्तर्गत सुनसरी संस्करणको अडिसन सफलतापूर्वक सम्पन्न भएको छ।

जय मिडिया म्यानेजमेन्ट प्रालिको आयोजनामा सञ्चालित यस प्रतियोगिताको अडिसनमा ५ वर्षदेखि १५ वर्ष उमेर समूहका बालबालिकाहरूले उत्साहजनक रूपमा सहभागिता जनाएका थिए।

सुनसरीमा भएको उक्त अडिसनबाट फाइनल प्रतिस्पर्धाका लागि विभिन्न स्थानका कुल ५८ जना बालबालिकाहरू छानिन सफल भएका छन्। जसअन्तर्गत इटहरीबाट ग्रेसी कटुवाल, देवान्सी कार्की, पाखी अग्रवाल, आहाना गेलाल, काव्या कार्की, सोनिका बस्नेत, अबिता राई, अप्सना तामाङ, दियाना राई, एलिजा खनाल, अबिना मगर, क्रिस्टिना भुजेल, ममिंसा चौधरी, माइसा जिन्दल, मिमोसा राई, नाइरा जिन्दल, निहारिका धिमाल, प्रनिका कटवाल, प्रशंसा बस्नेत, प्रशंसा खवास, प्राथभी राउत, प्रिज्मा अधिकारी, प्रितिना भट्टराई, सान्भी पोखरेल, सासा आले मगर, श्रीना बराल, स्पर्श राना, श्रीतिका थापा, सुभाग्य अधिकारी, मिसामी राई, इभान तामाङ, एकांश अग्रवाल, सुदर्शन भुजेल, आर्जन घिमिरे, मार्टिन श्रेष्ठ र सक्सेस तामाङ छानिएका छन्।

यसैगरी इनरुवा क्षेत्रबाट प्रिया सोनी, लिजा उराव, आरुसी मेहता, सोफिया प्रधान, प्रागी चौधरी, रक्षिता पोदार, श्रेया थापा, आर्यन चौधरी, रोहित भण्डारी, रोशन मण्डल र आदित्य देवता अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका छन्।

खनारबाट आर्जु रौटार र प्रज्ञान शाक्य तथा झुम्काबाट भूमिका बिके, पूर्णिमा गुप्ता, मनमाया रिजाल र विश्वास श्रेष्ठ छानिएका छन्। त्यस्तै पकलीबाट इभेनजलिना शाह, तरहराबाट जिया शंकर, मीहाङमा राई र सांगे वाङमु गुरुङ तथा थडियाबाट प्रिसा बन्जारा पनि फाइनल यात्रा तय गर्न सफल भएका छन्।

जय मिडिया म्यानेजमेन्ट प्रालिका अध्यक्ष जय राज रायले प्रतियोगिताको फाइनल आगामी असारको पहिलो साता आयोजना गरिने जानकारी दिएका छन्। बालबालिकाहरूको विद्यालय शिक्षा र पढाइमा कुनै पनि प्रकारको नकारात्मक असर नपुग्ने गरी कार्यक्रमको तालिका मिलाइएको उनले स्पष्ट पारे।

बालबालिकाहरूमा लुकेर रहेको अन्तर्निहित कला र प्रतिभालाई बाहिर ल्याई उनीहरूको व्यक्तित्व विकास गर्ने उद्देश्यले विगतका वर्षहरूदेखि नै यो प्रतियोगितालाई निरन्तरता दिँदै आएको अध्यक्ष रायले बताए।

यसअघि सम्पन्न भइसकेको मोरङ संस्करणको प्रतियोगितामा महिलातर्फ सुकुना सेकेण्डरी स्कुल केराबारीकी टिना मगरले विजेताको मुख्य उपाधि हात पारेकी थिइन्।

सोही स्पर्धामा बुढीगंगास्थित आभा इङ्लिस सेकेण्डरी स्कुलकी अभिलाषा चौधरी फस्ट रनरअप, बाँसबारीको सजिलाल सेकेण्डरी स्कुलकी अनुष्का पौडेल सेकेण्ड रनरअप र विराटचोकको बाल बगैचा मन्टेश्वरीकी दिव्या ज्योति सिंह ‘मिस पब्लिक च्वाइस’ घोषित भएका थिए।

त्यसैगरी पुरुषतर्फ बाल बगैचा मन्टेश्वरी सलकपुरका सक्षम चौहानले शीर्ष उपाधिसँगै ‘मिष्टर पब्लिक च्वाइस’को उपाधि पनि आफ्नो पोल्टामा पारेका थिए। सोही स्पर्धामा प्रगति माध्यमिक विद्यालय सोमबारेका जेनिस कार्की फस्ट रनरअप र सजिलाल सेकेण्डरी स्कुल बासबारीका अनुभव घिमिरे सेकेण्ड रनरअप बन्न सफल भएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *