सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित

डिसी नेपाल
३० जेठ २०८३ २१:५२

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको बैठकले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ।

प्रदेशसभाको आजको बैठकमा सभामुख भीमबहादुर भण्डारीले निर्णयार्थ पेस गर्नुभएको प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रमसम्बन्धी प्रस्ताव बहुमतले परित गरिएको हो।

यसअघि मुख्यमन्त्री कमलबहादुर शाहले वार्षिक नीति तथा कार्यक्रमको छलफलमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै प्रदेशसभा सदस्यहरुबाट छलफलका क्रममा आएका सुझावलाई बजेट वक्तव्यमा समेटिने प्रतिबद्धता व्यक्त गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *