तीस हजार क्याप्सुल ट्रामाडोलसहित तीन जना पक्राउ
काठमाडौं । प्रहरीले कारभित्र लुकाएर ल्याएको ३० हजार क्याप्सुल ट्रामाडोलसहित तीन जनालाई पक्राउ गरेको छ ।
प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले आज बाराको सिम्रौनगढबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश बिएडी ९२०१ नम्बरको सुजुकी कारमा ल्याउँदै गरेको सो परिमाणको क्याप्सुल ट्रामाडोलसहित उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका–३ का ३५ वर्षीय जितेन्द्र पासवान, भारतको बिहार राज्य सितामढीका ३२ वर्षीय अहमद लड्डन र सोही स्थानका ३३ वर्षीय मोहम्मद सदाम रहेका ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए।
ललितपुर महानगरपालिका–२३ बाट नख्खुतर्फ आउँदै गरेको उक्त कारलाई रोक्न खोज्दा नरोकेपछि गोली प्रहार गरेर नियन्त्रणमा लिएको उनले जानकारी दिए। पक्राउ परेका व्यक्तिहरुबाट प्रहरीले लागूऔषध ट्रामाडोल क्याप्सुलसहित सुजुकी कार एक थान, मोटरसाइकल एक थान र मोबाइल पाँच थान बरामद गरेको छ। तीनैजनामाथि लागूऔषध नियन्त्रण ऐनअन्तर्गत आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता रेग्मीले बताए।







डिसी नेपाल







Facebook Comment