विदेशी मुद्राको विनिमयदर: अमेरिकी डलर १५२ रुपैयाँ नाघ्दा कुवेती दिनार सबैभन्दा महँगो

डिसी नेपाल
३१ जेठ २०८३ ६:४२

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो समय अमेरिकी डलरको भाउमा उच्च वृद्धि देखिएको छ, जस अनुसार आज एक अमेरिकी डलरको खरिददर १५१ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४८ पैसा कायम भएको छ।

यसैगरी युरोपियन र बेलायती मुद्राको मूल्य पनि उच्च विन्दुमा रहेको छ। राष्ट्र बैंकका अनुसार आज युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ८० पैसा र बिक्रीदर १७६ रुपैयाँ ५० पैसा तोकिएको छ भने युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ ७३ पैसा र बिक्रीदर २०४ रुपैयाँ ५४ पैसा कायम गरिएको छ।

त्यस्तै स्वीस फ्रयाङ्क एकको खरिददर १९० रुपैयाँ ७८ पैसा र बिक्रीदर १९१ रुपैयाँ ५३ पैसा हुँदा अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ९२ पैसा र बिक्रीदर १०७ रुपैयाँ ३५ पैसा निर्धारण गरिएको छ। नेपाली बजारमा क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ५८ पैसा र बिक्रीदर १०९ रुपैयाँ ०१ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ ३० पैसा र बिक्रीदर ११८ रुपैयाँ ७७ पैसा तोकिएको छ।

एसियाली तथा खाडी मुलुकका मुद्राहरू तर्फ जापानी येन १० को खरिददर नौ रुपैयाँ ४८ पैसा र बिक्रीदर नौ रुपैयाँ ५२ पैसा कायम हुँदा चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ४६ पैसा र बिक्रीदर २२ रुपैयाँ ५५ पैसा रहेको छ।

वैदेशिक रोजगारीका लागि नेपालीहरूको प्रमुख गन्तव्य रहेका खाडी मुलुकहरूको मुद्राको कुरा गर्दा साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ४७ पैसा र बिक्रीदर ४० रुपैयाँ ६३ पैसा तथा कतारी रियाल एकको खरिबदर ४१ रुपैयाँ ६६ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८२ पैसा तोकिएको छ।

यस्तै संयुक्त अरब इमिरेट्स (युएई) दिराम एकको खरिददर ४१ रुपैयाँ ३५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ५२ पैसा कायम भएको छ। मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५८ पैसा हुँदा साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ र बिक्रीदर १० रुपैयाँ ०४ पैसा निर्धारण गरिएको छ। थाइ भाट एकको खरिददर चार रुपैयाँ ६४ पैसा र बिक्रीदर चार रुपैयाँ ६६ पैसा पुगेको छ।

राष्ट्र बैंकको आजको सूची अनुसार कुवेती दिनार नेपाली बजारमा सबैभन्दा महँगो विदेशी मुद्रा बनेको छ, जसको एक दिनार खरिद गर्न ४९४ रुपैयाँ ३२ पैसा लाग्नेछ भने बिक्रीदर ४९६ रुपैयाँ २७ पैसा तोकिएको छ। यस्तै बहराइन दिनार एकको खरिददर ४०२ रुपैयाँ ७८ पैसा र बिक्रीदर ४०४ रुपैयाँ ३८ पैसा तथा ओमनी रियाल एकको खरिददर ३९४ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ०३ पैसा रहेको छ।

हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ३८ पैसा र बिक्रीदर १९ रुपैयाँ ४६ पैसा हुँदा युरोपेली मुलुक स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ १० पैसा र बिक्रीदर १६ रुपैयाँ १६ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ५२ पैसा र बिक्रीदर २३ रुपैयाँ ६१ पैसा तोकिएको छ। यता नेपाली मुद्रासँग स्थिर विनिमयदर रहेको भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम छ।

केन्द्रीय बैंकले यो विनिमयदरलाई बजारको आवश्यकता र उतारचढाव अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने स्पष्ट पारेको छ। यसका साथै वाणिज्य बैंकहरूले आफैँले तोक्ने विनिमयदर राष्ट्र बैंकको दरभन्दा केही फरक हुन सक्ने र सर्वसाधारणले तत्कालको अद्यावधिक विनिमयदर हेर्नका लागि केन्द्रीय बैंकको आधिकारिक वेबसाइट प्रयोग गर्न सक्ने जनाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *