ट्याम्पो भीरमा खसालेको प्रकरणमा १० जना वन कर्मचारी पक्राउ
काठमाडौं। कैलाली जिल्लाको गोदावरी नगरपालिका–४ गाईबाँधेमा ट्याम्पोलाई भीरबाट खसालेको प्रकरणमा १० जना वन कर्मचारी पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीले ६ जना र ईलाका प्रहरी कार्यालय मालाखेतीले ४ जनालाई पक्राउ गरेर नियन्त्रणमा लिएको छ।
ट्याम्पो खसालेको भिडियो भाइरल भएपछि प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालय समेतले चासो लिएपछि प्रहरीले संलग्नलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ। प्रहरी स्रोतका अनुसार सोधपुछका लागि १० जनालाई नियन्त्रणमा लिइएको छ।
पक्राउ परेका १० जना वन रक्षक समेत जुनियर कर्मचारी हुन्। जिल्ला वन अधिकृत (डीएफओ) रामविचारी ठाकुरसहित उच्च पदस्थ कर्मचारीहरू जिल्ला प्रशासन कार्यालय कैलालीमा छलफलमा जुटेका छन्।
वन क्षेत्रको जग्गा अतिक्रमण गरेर ट्याम्पोमा खोका पसल सञ्चालन गरिरहेको अवस्थामा देखिएपछि ट्याम्पोलाई हटाइएको थियो। जिल्ला वन कार्यालय कैलालीले खोका पसललाई हटाउन खोज्दा भीरमा खसेको स्पष्टीकरण दिएको थियो।







डिसी नेपाल







Facebook Comment