देशका छुट्टाछुट्टै स्थानमा तीन जनाको शव फेला

डिसी नेपाल
३१ जेठ २०८३ १८:३६

काठमाडौं। देशका छुट्टाछुट्टै स्थानमा तीन जनाको शव फेला परेको छ।

उदयपुरको वेलका नगरपालिका-८ माझाटोलमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन्।

बाँकेको कोहलपुर नगरपालिका-१५ चन्नहवा गाउँ नजिकै रहेको खेतमा बैजनाथ गाउँपालिका-५ न्यु सिटी बस्ने २७ वर्षीय टिकाराम थापा आइतबार मृत अवस्थामा फेला परेका छन्।

रूपन्देहीको तिलोत्तमा नगरपालिका-७ सुनयना पथमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन्। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *