सडक दुर्घटनामा आमाकाे मृत्यु छोरी घाइते
नवलपरासी। पूर्वी नवलपरासीको गैडाकाेट ११ मा भएको सडक दुर्घटनामा परि आमाकाे मृत्यु भएको छ भने स्कुटर चालक छोरी घाइते भएकी छन्।
दुर्घटनामा परि हुप्सेकाेट गाउँ पालिका १ बेलुवा निवासी ७७ वर्षीया सावित्री भुसालकाे उपचारकाे क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
जिप्रका नवलपरासी पूर्वका सूचना अधिकारी प्रनाउ अनिल पण्डितका अनुसार आइतबार बेलुका पश्चिमबाट पुर्व जाँदै गरेकाे युपी ५७ सिडी ९०१० भारतीय नम्बर प्लेटकाे कारले ग. प्र.०४-००१ प २३०७ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।
कारकाे ठक्करबाट चालक ४० वर्षकी छोरी सानू भनिने सीता भुसाल र स्कुटरमा सवार आमा सावित्री घाइते भए पछि दुवै जनालाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर लगिएकाे थियो।
घाइते चालक सीता भुसालकाे टाउकाे र हातमा चाेट लागेकाे र अवस्था मध्यम रहेकाे बताइएको छ।
प्रहरीले भारत उत्तर प्रदेश खुसीनगर निवासी ४३ वर्षीय कार चालक करूणा निधान मिश्र र दुवै सवारीलाई नियन्त्रणमा लिई घटनाका सम्बन्धमा अघि बढाइएको जनाएको छ।







डिसी नेपाल







Facebook Comment