पत्रकार शिखर जङ्ग श्रेष्ठलाई ‘निम अवार्ड २०८३’

डिसी नेपाल
१ असार २०८३ ११:२१

काठमाडौँ। सानदार मिडियाका अध्यक्ष तथा राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका प्रवक्ता शिखर जङ्ग श्रेष्ठ (गजरकोटे) नवौँ राष्ट्रिय समावेशी अवार्ड (निम अवार्ड) अन्तर्गत प्रतिष्ठित पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन्।

आइतबार काठमाडौँमाआयोजित अवार्ड वितरण समारोहमा नेपाली पत्रकारिता क्षेत्रमा डेढ दशकदेखि उनले पुर्‍याएको निरन्तर योगदानको मूल्यांकन गर्दै यो सम्मान प्रदान गरिएको हो। पुरस्कारस्वरूप श्रेष्ठलाई नगद पाँच हजार पाँच सय पचपन्न रुपैयाँ, दोसल्ला र सम्मानपत्र हस्तान्तरण गरिएको थियो।

उनको पत्रकारिता क्षेत्रप्रतिको अगाध समर्पण, सक्रियता र समाजमुखी सञ्चारकर्मको उचित कदर गर्दै उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।

अवार्ड समारोहमा उनलाई चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, नेपाली चलचित्रकी प्रथम नायिका भुवन चन्द, रङ्गीन नेपाली चलचित्रकी प्रथम नायिका चैत्य देवी सिंह, पहिलो नेपाली चलचित्र ‘आमा’ की नायिका बसुन्धरा भुसाल तथा वरिष्ठ कलाकार मोहन निरौलाको हातबाट संयुक्त रूपमा यो सम्मान प्रदान गरिएको थियो।

डेढ दशक लामो सञ्चार यात्रामा श्रेष्ठले देखाएको व्यावसायिकता र निष्ठालाई यस पुरस्कारले थप ऊर्जा प्रदान गरेको कार्यक्रमका अतिथिहरूले उल्लेख गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *