भेनस नेशनल कलेजद्वारा नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत तथा ओरेन्टेशन
काठमाडौं । काठमाडौंको गोकर्णेश्वरमा रहेको भेनस नेशनल कलेजले नव आगन्तुक विद्यार्थीहरूका लागि स्वागत तथा ओरिन्टेशन कार्यक्रम सम्पन्न गरेको छ।
करिब ५ सय ५० विद्यार्थीकाबीचमा आयोजना गरिएको कार्यक्रममा बोल्दै कार्यक्रमका मुख्य वक्ता तथा लोकप्रिय संचारकर्मी राजेन्द्र बानियाले विद्यार्थीहरू बाबुआमाका सपना मात्रै नभएर इन्सुरेन्स पनि भएकाले विद्यार्थीले बाबुआमाको संघर्ष र सपनालाई ख्याल गरेर अघि बढ्नुपर्ने धारणा राखेका थिए।
उनले भने, ‘हाँसो, मजाक र रमाइलो क्षणीक हुन्छ। जो भविष्यप्रति जिम्मेवार देखिन्छन्, त्यस्ता विद्यार्थीले आजकै दिनबाट दुरदर्शी सेच राखेर अघि बढ्नुपर्छ।’
सो अवसरमा बोल्दै प्रमुख अतिथिसमेत रहेका काठमाडौं शिक्षा समन्वय इकाइका प्रमुख सुरेशराज जोशीले संघर्षशिल समय कठिन हुने भए पनि केही समयको संघर्षले विद्यार्थीलाई राम्रो फल दिने हुँदा मेहेनत गर्न सुझाव दिए।

कार्यक्रममा क्याम्पस प्रमुख कृष्ण गौतमले भेनस नेशनल कलेज आम सर्वसाधारण नेपालीहरुका लागि खोलिएको र जेहोन्दार विद्यार्थीलाई नि:शुल्क पढाउनेदेखि अभिभावकलाई समेत आर्थिक सहयोग गर्न कलेज तयार भएको बताए।
कार्यक्रममा बोल्दै प्रमुख गौतमले भने, ‘तपाईं पढ्नुहोस् र पढाई अनुसारकै उत्कृष्ठ नतिजा ल्याउने हिम्मत गर्नुहोस्। तपाईंलाई नि:शुल्क पठाउन हामी तयार छौँ।’
कार्यक्रमा लोकदोहोरी गायक श्रीकृष्ण बम मल्लले आफ्ना हिट गीत गाएका थिए भने कलेजका विद्यार्थीले विभिन्न गीतमा नृत्य तथा कला प्रस्तुत गरेका थिए। हरेक वर्ष विभिन्न सांस्कृतिक क्रियाकलाप र यस्तै गतिविधि गर्दै आएको भेनस नेशलन कलेजका तर्फबाट कार्यक्रममा प्रिन्सिपल नेत्र प्रसाद दाहालले स्वागत मन्तब्य राखेका थिए।
त्यस्तै क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष पेमाश्री शेर्पाले सफलता हाँसिल गर्नका लागि निरन्तरको मेहेन, धैर्य र लगनशिलताको खाँचो पर्ने भएकाले सकारात्मक सोच दराखेर अघि बढ्न सुझाव दिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment