मदन भण्डारी सडक मार्गमा यातायात दुर्घटना न्यूनीकरण
गाईघाट (उदयपुर) । बेलका नगरपालिकादेखि कटारीसम्मको मदन भण्डारी खण्डमा दुर्घटना क्रमशः बिस्तारै न्यूनीकरण हुँदै गएको छ।
स्थानीयवासी र जिल्ला ट्राफिक प्रहरी कार्यालयको निरन्तरको न्यूनीकरण अभियान सञ्चालन पछि अन्ततः सडक दुर्घटनामा कमी आएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रमूख प्रहरी निरीक्षक दानबहादुर मिच्रिङले मगरले फागुनमा ५६ सवारी दुर्घटना घटेको थियो भने चैत महिनामा ३६ र वैशाख महिनामा ३४ मा झरेको बताए।
विगतका सवारी दुर्घटनामा धेरै मात्रमा मानवीय क्षति हुने गरेकामा हाल आएर मानवीय क्षतिमा समेत न्यूनीकरण हुँदै गइरहेको उनले बताए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment