युवतीलाई खुकुरी देखाई कुटपिट गर्ने युवक लागूऔषधसहित पक्राउ

डिसी नेपाल
३ असार २०८३ ९:०४

दाङ । दाङको तुलसीपुरमा एक युवतीलाई खुकुरी देखाएर निर्घात कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा राख्ने एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–२ भंके निवासी २४ वर्षीय रमेश ठाडा मगर रहेका छन्।

करिब तीन महिनाअघि रमेशले एक युवतीलाई जंगलमा लगेर खुकुरी देखाई डर–धम्की दिँदै कुटपिट गरेका थिए। सोही घटनाको भिडियो उनले मंगलबार बेलुका आफ्नो फेसबुक अकाउन्टबाट सार्वजनिक गरेका थिए। उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले तत्काल एक्सन लिएको थियो।

भिडियो सार्वजनिक भएसँगै इलाका प्रहरी कार्यालय तुलसीपुरको टोलीले मंगलबार राति नै उनलाई घरबाटै नियन्त्रणमा लिएको छ। खानतलासीका क्रममा प्रहरीले उनीबाट लागूऔषधहरू पाराम्याक्स १ ट्याब्लेट र ट्राेमाे ४१ ट्याब्लेट समेत बरामद गरेको छ।

यस घटनामा संलग्न भएको आशंकामा प्रहरीले तुलसीपुर–२ बालापुरका २१ वर्षीय जीवराज खत्रीलाई समेत पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *