खोलामा डुबेर बालिकाको मृत्यु

डिसी नेपाल
३ असार २०८३ २२:४६

गाईघाट। उदयपुरको चौदण्डीगढी नगरपालिका ९ कि एक १४ वर्षीय बालिकाको स्थानीय देवधार खोलामा डुबेर मृत्यु भएको छ। स्थानीय बुधन सदाको छोरी १४ वर्षकी आयुसा सदाको मृत्यु भएको प्रहरीले जनाएको छ।

चौदण्डीगढी नगपालिका वडा १० स्थित देवधार खोलाको दहमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएकी आयुसा प्रहरी टोली र स्थानीय बासिन्दाले संयुक्त रुपमा खोजतलास गर्ने क्रममा सोही दहमा साँझ ७ बजे मृत अवस्थामा फेला परेकी हुन्। उक्त घटनाका सम्बन्धमा घटनास्थलमा खटिगएको प्रहरी टोलीद्वारा थप अनुसन्धान भइरहेको बताइएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *