सवारी दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौं । देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ।
रौतहटको गढीमाई नगरपालिका-२ समनपुर बजारस्थित सडकमा ना.३ त २३३७ नम्बरको ट्याक्टरले प्र.२-०३-००२ प ९८२ नम्बरको मोटरसाइकललाई बिहीबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही नगरपालिका-४ सुन्दरपुर बस्ने ६० वर्षीय रामानन्द महराको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको वेटर नेपाल हस्पिटल गरूडा हुँदै थप उपचारको लागि वीरंगजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिई हाल फरार मोटरसाइकल चालकको खोजी गरिरहेको छ।
चितवनको रत्ननगर नगरपालिका-२ बकुलहर हस्पिटल चोकस्थित सडकमा बकुलहर हस्पिटलबाट खैरहनीतर्फ जाँदै गरेको ना.७ ख २८०६ नम्बरको ट्याङ्करको ठक्करबाट पैदलयात्री गोरखा पालुङटार नगरपालिका-८ घर भएकी ७९ वर्षीया जानुका देवी काराखेतीको बिहीबार बिहान मृत्यु भएको छ। दुर्घटनमा गम्भीर घाइते भएकी उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो। ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।







डिसी नेपाल







Facebook Comment