फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित
काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस) मा कार्यरत फोटोपत्रकार एवं राष्ट्रिय फोटोपत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड–२०२६’ बाट सम्मानित भएकाछन्।
‘कर्पोरेट मिडिया ग्रुप’द्वारा आज यहाँ आयोजित ‘कर्पोरेट बिजनेस अवार्ड–२०२६’ को १८औँ संस्करणमा फोटोपत्रकार वन्तलाई उक्त अवार्ड प्रदान गरिएको हो। सङ्घीय सासंद एवं राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकाल तथा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष भवानी राणाले उनलाई अवार्ड तथा प्रमाणपत्र प्रदान गरे।
कार्यक्रममा कर्पोरेट फोटोग्राफीसहित विभिन्न २३ विधामा योगदान पुर्याएका व्यक्ति तथा संस्थालाई समेत सम्मान गरिएको कर्पोरेट मिडिया ग्रुपका अध्यक्ष उज्वलजङ्ग शाहले जानकारी दिए। ईश्वरलाल प्रतिष्ठानसँगको सहकार्यमा उक्त अवार्ड कार्यक्रम नेपालको निजी क्षेत्र, बैङ्किङ, बीमा, उद्योग, स्वास्थ्य, ऊर्जा तथा उद्यमशीलता क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका व्यक्ति तथा संस्थाको पहिचान तथा सम्मान गर्ने उद्देश्यले आयोजना गरिएको हो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment