कस्तो रहनेछ तपाईंको दिन? थाहा पाउनुहोस् बाह्र राशिको भाग्य

डिसी नेपाल
६ असार २०८३ ६:३३

मेष आज तपाईंको दिन राम्रो छ। बोलीको प्रभावले रोकिएका र नयाँ कामहरू बन्नेछन्। यद्यपि, बौद्धिक व्यक्तिहरूसँग तर्क-वितर्क नगर्नु नै हितकर हुनेछ। व्यापार व्यवसायमा फाइदा मिल्नेछ भने शिक्षाको क्षेत्रमा नतिजाका लागि केही समय पर्खनुपर्ने देखिन्छ। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ।

वृष तपाईंको आजको दिन सामान्य रहनेछ। सञ्चित गरिराखेको धन खर्च हुन सक्ने सम्भावना छ। राजनीतिक क्षेत्रमा लाग्नुभएकाहरूका लागि पदोन्नति वा बढुवाको बलियो योग छ। परिवारमा व्यवहार गर्दा अलि सचेत बन्नुपर्ने देखिन्छ। लामो दुरीको यात्रा तय हुन सक्छ।

मिथुन आज दिन राम्रो छ र आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन्। धार्मिक कार्यतर्फ भने मन नजाने जोखिम रहन सक्छ। आज कुनै पनि महत्त्वपूर्ण निर्णय लिनुअघि परिवारको सल्लाह लिएर अगाडि बढ्नु राम्रो हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

कर्कट आज व्यापार व्यवसायमा राम्रो फाइदा हुने देखिन्छ। राजनीतिक क्षेत्रमा भने विरोधीहरू सक्रिय भएकाले अलि सचेत बन्नु उचित हुनेछ। शिक्षाको क्षेत्रमा गरिएको लगानीबाट राम्रो नाफा मिल्नेछ भने निजी क्षेत्रको शिक्षामा लगानी वा प्रवेश गर्नु फलदायी हुनेछ।

सिंह आज तपाईंले बनाएका योजनाहरू दीर्घकालसम्म टिक्ने र फलदायी हुनेछन्। परिवारसँगको सम्बन्ध थप प्रगाढ र राम्रो बन्ने योग छ। शिक्षा क्षेत्रमा प्रगति हुनेछ भने तपाईंले गरेको मिहिनेतको उचित फल प्राप्त हुनेछ।

कन्या आज कामको बोझ थपिने जोखिम छ, जसले गर्दा केही मानसिक तनाव हुन सक्छ। कार्यक्षेत्र वा बाहिर विवाद बढ्ने सम्भावना रहेकाले वाणीमा नियन्त्रण राख्नुहोला। राजनीतिमा आज अगाडि नबढ्नु नै उचित हुनेछ। पारिवारिक सम्बन्धमा भने सुधार आउनेछ।

तुला आजको दिन निकै राम्रो छ। साथीभाइको सहयोग र साथले तपाईंका रोकिएका कामहरू पुरा हुनेछन्। राज्यको तर्फबाट सेवा वा सरकारी अवसर प्राप्त गर्ने योग छ। तपाईंको कला र गलाको सर्वत्र प्रशंसा हुनेछ। परिवारमा सबैजना सँगै बसेर रमाइलो गर्ने अवसर मिल्नेछ।

वृश्चिक तपाईंको राशिमा आज धनलक्ष्मी योग परेको छ, त्यसैले प्राप्त सम्पत्तिको सही सदुपयोग गर्नु उचित हुनेछ। परिवारसँगको सम्बन्ध सहज र सुमधुर बन्नेछ। आफ्नो श्रमको उचित मूल्य पाउँदा मनमा शान्ति र सन्तोष मिल्नेछ।

धनु अघिल्लो लगानीबाट आज राम्रो फाइदा उठाउन सकिनेछ। कुनै पनि काम गर्दा बौद्धिक व्यक्तिको सल्लाह लिएर मात्र अगाडि बढ्नु उचित हुनेछ। स्वास्थ्यमा उल्लेख्य सुधार आउनेछ। राज्यको तर्फबाट प्राप्त भएका अवसरहरूको भरपूर सदुपयोग गर्नुहोला।

मकर आज साथीभाइ र परिवारसँग रमाइलो गर्ने अवसर जुर्नेछ। स्वास्थ्यले पूर्ण साथ दिनेछ। तर, राजनीतिक क्षेत्रमा भने तपाईंका विरोधीहरू सक्रिय भएकाले आज विशेष सचेत र सतर्क रहनुपर्ने देखिन्छ।

कुम्भ धार्मिक वा आध्यात्मिक व्यक्तिसँगको भेटघाटले मनमा शान्ति र सन्तुष्टि दिलाउनेछ। शुभ ग्रहको प्रभावले तपाईंलाई भाग्यको साथ रहनेछ। परिवारको साथमा रमाइलो पलहरू बिताउने अवसर मिल्नेछ। यद्यपि, स्वास्थ्यको मामिलामा भने आज विशेष ख्याल गर्नुहोला।

मीन तपाईंको दिन आज सामान्य रहनेछ। कार्यक्षेत्रमा विरोधीहरू सक्रिय छन् र तपाईंका विपक्षीहरू बौद्धिक भएकाले कुनै पनि काम गर्दा निकै सचेत रहनुपर्नेछ। पारिवारिक सम्बन्ध राम्रो रहनेछ भने शिक्षाको क्षेत्रमा अलि बढी मिहिनेत गर्नुपर्ने समय छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *