देशका विभन्न स्थानमा चार जनाको शव फेला

डिसी नेपाल
६ असार २०८३ १७:३५

काठमाडौं । देशका विभिन्न स्थानमा चार जनाको शव फेला परेको छ।

कास्कीको पोखरा महानगरपालिका-१५ सीताराम प्लटिङ बस्ने ५५ वर्षीय श्याम बहादुर परियार आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेका छन्।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका-८ बजरंग चोकस्थित हाल परिचय नखुलेका अन्दाजी ३० वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन्।

बर्दियाको राजापुर नगरपालिका-१० लालपुर बस्ने ६९ वर्षीय पर्देशुवा थारू सोही ठाउँस्थित उखु बारीमा शुक्रबार मृत अवस्थामा फेला परेका छन्।

बझाङको छबिसपाथिभेरा गाउँपालिका-३ पातीखल्लास्थित खोल्सामा सोही गाउँपालिका-२ मुक्ला बस्ने ६० वर्षीय मधुकला देवी ऐडी शनिबार मृत अवस्थामा फेला परेकी छन्।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *