आजको राशिफल: जान्नुहोस् तपाईंको दिन कस्तो रहनेछ?

डिसी नेपाल
७ असार २०८३ ६:२९

मेष : दिन राम्रो छ। व्यापार व्यवसायमा राम्रो फाइदा हुनेछ। सञ्चित धन खर्च भए पनि भविष्यका लागि दीर्घकालीन योजनाहरू बन्नेछन्। राजनीतिक क्षेत्रमा भने विरोधीहरू सक्रिय भएकाले काममा केही अवरोध हुनसक्ने जोखिम छ, सचेत रहनुहोला।

वृष : स्वास्थ्यमा केही समस्या देखिन सक्छ। आज आर्थिक कारोबार गर्दा विशेष ध्यान दिनुहोला, कसैलाई दिएको धन डुब्ने खतरा रहेकाले सापटी दिँदा सचेत हुनुपर्नेछ। धार्मिक व्यक्तिसँगको भेटघाटले नयाँ योजना अगाडि बढाउन मद्दत मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर रहनेछ।

मिथुन : शिक्षाको क्षेत्रमा राम्रो प्रगति हुनेछ। व्यापार व्यवसायमा आज विशेष फाइदा हुने योग छ। साथीभाइको राम्रो साथ-सहयोग मिल्नेछ। विशेष गरी निजी क्षेत्रको शिक्षामा गरेको लगानीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ।

कर्कट : परिवारका सदस्यहरूसँग घुमघाम र रमाइलो गर्ने अवसर मिल्नेछ। साना-साना सकारात्मक कुराले पनि मनमा नयाँ उत्साह जगाउनेछ। आजका दिन आगामी भविष्यका लागि दीर्घकालीन योजनाहरू अगाडि बढाउनु निकै उचित हुनेछ।

सिंह : आज तपाईंको लागि शुभ दिन रहेको छ। कुनै राम्रो वा शुभ समाचार सुन्न पाइने भएकाले मन आनन्दित हुनेछ। बौद्धिक र अनुभवी व्यक्तिको संगत गरेमा रोकिएका कामहरू बन्ने योग छ। पारिवारिक मेलमिलाप बढ्नेछ।

कन्या : दिन सामान्य रहेको छ। आज ठुला र धेरै लगानी हुने योजनामा हात नलगाउनु नै राम्रो हुनेछ। अनावश्यक क्षेत्रमा खर्च बढ्न सक्छ। राजनीति वा राज्यको तर्फबाट भने साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : शिक्षा र प्राज्ञिक क्षेत्रमा जोस र जाँगर बढ्नेछ। तपाईंले गरेको श्रम र मेहनतको उचित मूल्यांकन हुने दिन छ। विरोधी वा प्रतिस्पर्धीहरू शान्त रहने भएकाले तपाईंका रोकिएका कामहरू सहजै बन्नेछन्। परिवारसँगको सम्बन्ध सुमधुर रहनेछ।

वृश्चिक : आजको दिन राम्रो छ। आफ्नो इच्छा र सन्तुष्टि अनुसार नै दैनिक व्यवहार र कामहरू अगाडि बढ्नेछन्। निजी शिक्षाको क्षेत्रमा गरिएको लगानीबाट नाफा हुनेछ। साथीभाइसँग आफ्ना गोप्य कुराहरू सेयर नगर्नु नै उचित हुनेछ।

धनु : आज जुनसुकै काम गर्दा पनि एक्लै गर्नुभन्दा सहकार्यमा अगाडि बढाउनु फाइदाजनक हुनेछ। व्यक्तिगत ढंगले मात्र अगाडि बढ्दा मन खिन्न हुन सक्छ। कुनै धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा कार्यसफलता मिल्नेछ।

मकर : आज यात्रा गर्दा विशेष सजगता अपनाउनुहोला। प्राप्त भइसकेको सम्पत्तिको सही सदुपयोग गर्नु उचित हुनेछ। स्वास्थ्यमा केही समस्या भए उपचारपछि सुधार आउनेछ। शिक्षा क्षेत्रमा गरिएको अध्ययनले उचित स्थान पाउनेछ तर परिवारमा केही मनमुटाव हुन सक्ने जोखिम छ।

कुम्भ : परिवारका साथमा रमाइलो र प्रफुल्लित भएर दिन बित्नेछ। सञ्चित धन केही खर्च भए पनि आगामी दिनका लागि दीर्घकालीन योजनाहरू बन्नेछन्। स्वास्थ्यमा भने केही समस्या वा रोग बढ्न सक्ने भएकाले सजग रहनुहोला। धार्मिक क्षेत्रमा सहभागी हुँदा मन शान्त रहनेछ।

मीन : पठनपाठन र बौद्धिक कार्यमा मन जानेछ। सञ्चित धन खर्च हुने योग रहेकाले आर्थिक व्यवस्थापनमा ध्यान दिनुहोला। काममा केही ढिलासुस्ती हुन सक्ने जोखिम छ। आज कुनै धार्मिक वा मांगलिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *