खाँदबारी–किमाथाङ्का खण्ड पहिरोले अवरुद्ध

डिसी नेपाल
८ असार २०८३ २२:५१

काठमाडौं। कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–किमाथाङ्का सडकखण्ड पहिरोका कारण सडक अवरुद्ध भएको छ। उत्तर–दक्षिण कोशी सडकखण्डको भोटखोला गाउँपालिका–३ स्याबुङमा पहिरो खस्दा खाँदबारी–किमाथाङ्का खण्डको छोङराङमा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

कार्यालयका निमित्त प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक धनबहादुर राजवंशीले गएरातिदेखि परेको अविरल वर्षासँगै आएको पहिरोले खाँदबारी–किमाथाङ्का सडकखण्ड अवरुद्ध भएको जानकारी दिए।

उनका अनुसार पहिरोका कारण उक्त क्षेत्रमा यातायात सेवा पूर्णरूपमा अवरुद्ध भएका छन्। पहिरो हटाउन उत्तर–दक्षिण कोशी सडक कार्यालय तथा स्थानीय तहसँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

माथिल्लो क्षेत्रमा लगातार ठूलो वर्षा भइरहेकाले सडक खुलाउन नसकिएको प्रहरी निरीक्षक राजवंशीले जानकारी दिए। पहिरो खसेपछि भोटखोलाबाट खाँदबारी आउने यातायातका साधन वारपार हुन सकेका छैनन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *