दोलखामा कार दुर्घटना, ६ जना घाइते

डिसी नेपाल
९ असार २०८३ १७:०४

चरिकोट । दोलखाको भीमेश्वर नगरपालिका–६, भुतपोखरीस्थित चरिकोट–कालिञ्चोक सडक खण्डमा मंगलबार दिउँसो कार दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। कालिञ्चोक मन्दिरको दर्शन गरी फर्कँदै गरेको बा १५ च १४९२ नम्बरको कार दुर्घटनामा परेको हो।

मंगलबार दिउँसो करिब साढे ३ बजेको समयमा कारको ब्रेक फेल भई अनियन्त्रित हुँदा सडकबाट करिब १३ मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा परेर काठमाडौंको शंकरापुर नगरपालिका–२ का ६५ वर्षीय सन्त नासुर, ५५ वर्षीया राम्री नासुर, २२ वर्षीया अनिता नासुर, १२ वर्षीय सुजन नासुर, ८ वर्षीय सुजित नासुर र २२ वर्षीया सुनिता तामाङ घाइते भएका छन्।

घाइतेहरूको उद्धार गरी तत्कालै चरिकोटस्थित च्छोरोल्पा अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ। दुर्घटनापश्चात् प्रहरीले कार चालक, शंकरापुर नगरपालिका–३ का २१ वर्षीय निरज तामाङलाई नियन्त्रणमा लिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *