ग्रेटर नेपाल अभियन्ता फणीन्द्र नेपाल थुनामुक्त

डिसी नेपाल
११ असार २०८३ २०:४७

काठमाडौं । ग्रेटर नेपाल अभियानका अभियन्ता फणीन्द्र नेपाल थुनामुक्त भएका छन्। चेक अनादर मुद्दामा दोषी ठहर भई डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका नेपाल उच्च अदालतको आदेशपछि रिहा भएका हुन्।

युवराज खत्रीले दायर गरेको चेक अनादर मुद्दामा काठमाडौं जिल्ला अदालतले २०७९ जेठ २५ गते नेपाललाई २ वर्ष कैद सजायको फैसला सुनाएको थियो। सोही फैसला कार्यान्वयनका लागि नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएर कारागार पठाएको थियो।

जिल्ला अदालतको फैसला विरुद्ध नेपालले उच्च अदालतमा पुनरावलोकनका लागि निवेदन दिएका थिए। सोही निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालतले उनको पैतृक सम्पत्तिबाट आर्थिक कारोबार मिलाउन आदेश दिएपछि उनी थुनामुक्त भएका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *