रास्वपा केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले सर्वाधिक मतसहित विजयी, ३५ केन्द्रीय सदस्यको टुंगो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बन्दसत्रमा सम्पन्न निर्वाचनबाट खुलातर्फका ३५ जना केन्द्रीय सदस्यहरूको टुंगो लागेको छ। पार्टीका उच्च तहका चर्चित नेताहरूले प्रतिस्पर्धा गरेको यस निर्वाचनमा डा. स्वर्णिम वाग्ले २,६०७ मत प्राप्त गर्दै सर्वाधिक मतसहित पहिलो स्थानमा विजयी भएका छन्।
वाग्लेलाई पछ्याउँदै सोविता गौतम २,५९४ मतसहित दोस्रो र शिशिर खनाल २,४९५ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन्। निर्वाचनमा सागर ढकाल २,३३३, तोसिमा कार्की २,२५७, रञ्जु दर्शना २,२४९, मनिष झा २,२३७, हरि ढकाल २,२१९, कविन्द्र बुर्लाकोटी २,१८४, विपिन आचार्य २,१२६ र रमेश प्रसाईं २,१२३ मत ल्याएर विजयी भएका छन्।
त्यसैगरी, बिराजभक्त श्रेष्ठ २,०९४, निशा डाँगी २,०८९, इन्दीरा रानामगर २,०४७, गणेश पराजुली २,०४५, जगदिश खरेल (ललितपुर) २,०४४, पुकार बम २,०३०, प्रमोद न्यौपाने १,८९२, यज्ञमणी न्यौपाने १,८६९, सस्मित पोखरेल १,८३३, राजुनाथ पाण्डे १,८१२ र रिमा विश्वकर्मा १,८१० मतसहित विजयी भएका छन्।
विजयी हुने अन्य उम्मेदवारहरूमा असीम साहले १,७२८, खगेन्द्र सुनारले १,७०८, राजीव खत्रीले १,७०१, समिक्षा बास्कोटाले १,६९९, गणेश कार्कीले १,६९३, जगदिश खरेल (दोलखा) ले १,५१३, लिमा अधिकारीले १,५०४, टिका संग्रौलाले १,४९०, शंकर श्रेष्ठले १,४८४, क्रान्तिशीखा धितालले १,४७९, आशिका तामाङले १,४३०, सुदीप ढकालले १,४२९ र अनुष्का श्रेष्ठले १,३५३ मत प्राप्त गरेका छन्।






डिसी नेपाल





Very good ,wish you all the best